नगरिकका आवश्यकता केन्द्रित बजेट ल्याउनुपर्छ : देउवा

हिमाल प्रेस ११ वैशाख २०८० १७:२९
6
SHARES
नगरिकका आवश्यकता केन्द्रित बजेट ल्याउनुपर्छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकता केन्द्रित बजेट ल्याउनुपर्ने बताएका छन्।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा उनले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट नागरिकका आवश्यकता केन्द्रमा राखेर ल्याउनुपर्ने बताएका हुन्।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया यसअघि नै अघि बढाइसकेको छ। सोही सन्दर्भमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले मुलुकको विषम आर्थिक परिस्थितिर्ला समेत बजेटमा समेट्नुपर्ने बताए।

आगामी बजेट नागरिकका आवश्यकता केन्द्रमा राखेर ल्याउनुपर्ने सुझाव सरकारलाई दिन सांसदहरूलाई देउवाको आग्रह थियो।

बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा. प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने बताए। मन्त्री महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताबारे सांसदहरूको सुझावका लागि आग्रह गरे।

सांसदहरूले राखेका जिज्ञासाको टिपोट अर्थमन्त्रीले गरेका छन्। त्यसको जवाफ मंगलबारको संसदीय बैठकमा दिइने उनले बताए।

सांसदहरूले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक मंगलबार साढे १० बजे फेरी बस्नेछ।

प्रकाशित: ११ वैशाख २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =