‘बंदा’मा वकिल बन्दै मनोज बाजपेयी

हिमाल प्रेस ११ वैशाख २०८० १३:५५
14
SHARES
‘बंदा’मा वकिल बन्दै मनोज बाजपेयी

काठमाडौँ- मनोज बाजपेयी भारतीय सिनेमाका प्रतिभाशाली अभिनेता हुन्। विभिन्न फिल्म र वेब सिरिजमा काम गरेर उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन्। ‘द फ्यामिली म्यान’, ‘साइलेन्स’, ‘डायल १००’, ‘गुलमोहर’ उनी अभिनीत ओटीटी प्लेटफर्ममा प्रदर्शनमा आएका फिल्म र वेब सिरिज हुन्।

अप्रिल २३ मा आफ्नो जन्मदिनको अवसरमा मनोजले नयाँ फिल्म ‘बंदा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन्। ओटीटीमै प्रदर्शनमा आउने यस फिल्ममा उनी वकिलको भूमिकामा देखिनेछन्। अपूर्व सिंह कार्कीको निर्देशन रहने यो कोर्ट रुम ड्रामा हो। जो सत्य घटनाबाट प्रेरित छ।

मनोजले शेखर कपुरको फिल्म ‘ब्यान्डिट क्विन’बाट बलिउडमा प्रवेश गरेका थिए। सन् १९९८ मा फिल्म ‘सत्या’ले उनलाई दर्शकमाझ चिनाएको थियो। रामगोपाल वर्माको निर्देशनमा रहेको फिल्ममा उनी ‘भीखू म्हात्रे’को भूमिकामा रहेका थिए। त्यसपछि मनोजल ‘शूल’, ‘पिंजर’, ‘ग्याङ्स अफ वासेपुर’, ‘अलीगढ’लगायत फिल्ममा काम गरेका छन्। ओटीटीमा भने सन् २०१९ मा ‘द फ्यामिली म्यान’बाट डेब्यु गरेका हुन्। त्यसयता उनले थुप्रै वेब सिरिजमा काम गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =