बारा र चितवनमा सर्वदलीय बैठक बस्दै

हिमाल प्रेस ११ वैशाख २०८० ७:२२
8
SHARES
बारा र चितवनमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ- आइबार सकिएको उपनिर्वाचनअन्तर्गत बारा-२ र चितवन-२ को मतगणना सुरु हुन सकेको छैन। मतगणनाका लागि बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ।

उपनिर्वाचन भएको तनहुँ १ मा भने रातिदेखि नै मतगणना जारी छ। रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानका कारण राति बैठक स्थगित भएको थियो।

यस्तै बारा क्षेत्र नम्बर २ मा पनि केहीबेरमा सर्वदलीय बैठक बस्दैछ। हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए।

प्रकाशित: ११ वैशाख २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =