यसरी भइरहेछ उपनिर्वाचन (तस्बिरहरू)

हिमाल प्रेस १० वैशाख २०८० ८:२४
8
SHARES
यसरी भइरहेछ उपनिर्वाचन (तस्बिरहरू)

काठमाडौँ- आज (आइतबार) बारा २, चितवन २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजेबाट मतदान सुरु भएको हो।

मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

गत मंसिर ४ मा भएको निर्वाचनमा बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहरिएपछि उनको सांसद पद गएकाे थियो। त्यस्तै तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। त्यसैले यी तीन क्षेत्र रिक्त  भएका हुन्।

सो रिक्त स्थानमा उपनिर्वाचन भइरहेको हो। मतदान साँझ ५ बजेसम्म हुनेछ।

चितवन-२

तनहुँ-१

सबै तस्बिरः रासस

प्रकाशित: १० वैशाख २०८० ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =