विमल बस्नेत एसएसपी बन्ने पक्का, अरू कोको बन्लान्?

हिमाल प्रेस ८ वैशाख २०८० १९:४७
1.8k
SHARES
विमल बस्नेत एसएसपी बन्ने पक्का, अरू कोको बन्लान्? प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालय यतिबेला नेपाल प्रहरीको एसएसपीको बढुवा निकाल्ने आन्तरिक तयारीमा जुटेको छ। अहिले नेपाल प्रहरीमा १६ एसएसपीको पद रिक्त छ। यही हप्तामात्रै १३ एसएसपी डीआईजीमा बढुवा भएसँगै उनीहरूको ठाउँ पनि खाली छ भने तीन जना अवकाशमा गएका छन्।

अर्को साता एसएसपीद्वय राजेन्द्र खड्का र चक्रबहादुर सिंह अवकाशमा गएसँगै प्रहरीमा एसएसपीको १८ दरबन्दी रिक्त हुनेछ। एसएसपी बढुवा हुँदा एसपी विमल बस्नेत एसएसपी हुने पक्का छ। उनका उनी अन्य एसपीहरू भन्दा अघिल्लो व्याची हुन्।

एसएसपी हुनका लागि अहिले २५ जना एसपी लबिङ गरिरहेका छन्। शेखर खनाल, विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोखरेल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दीपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभुषण तिम्सिना, प्रविण पोखरेल, प्रज्वल महर्जन, बशन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपी बन्ने दौडमा छन्।

पछिल्लो समय सरकारले नेपाल प्रहरीका अधिकारीहरूको बढुवा गर्दा वरीयताअनुसार नै गर्दै आइरहेको छ। एसएसपी बढुवामा पनि सोही प्रक्रिया कायम हुने सम्भावना बढी छ।

प्रकाशित: ८ वैशाख २०८० १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =