मुलुकको अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस ८ वैशाख २०८० १४:५०
4
SHARES
मुलुकको अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ– उपप्रधान एवम्गृ हमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताउँदै उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित गरेको उल्लेख गरे। सरकारले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको जानकारी दिए।

‘सरकारले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गरी अर्थतन्त्र चलायमान बनाई यसमा देखापरेका समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रा तय गरिन्छ। यसैले सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ। वर्तमान अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षहरूसँग गम्भीर छलफल गरिरहेको छ। उद्योग वाणिज्य क्षेत्रका सबै संगठनहरू र सरकारका सम्बन्धित निकायहरूसँग छलफल गरी अर्थतन्त्रमा अहिले देखापरेका समस्या सम्बोधन गर्ने पक्षमा हामी लागिरहेका छौं,’ उनले भने।

अर्थतन्त्रको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने साथै अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको उनले स्पष्ट पारे।

‘मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन। गम्भीर संकटमा नभए पनि केही समस्याहरू देखापरेका छन्। देखा परेका समस्या सरकारले समाधान गर्न नसक्ने छैनन्। अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न सरकारले केही स्टेप चालेको खण्डमा अर्थतन्त्र चलायमान बनाएर लैजान नसक्ने विश्वास रहेको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =