गाउँपालिका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध १ करोड रुपैयाँ विगो दाबी गर्दै मुद्दा

हिमाल प्रेस ७ वैशाख २०८० १७:१८
2
SHARE
गाउँपालिका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध १ करोड रुपैयाँ विगो दाबी गर्दै मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साहसहित ८ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ। आयोगले बिहीबार काठमाडौँस्थित विशेष अदालतमा सातै जनाबाट करिब १ करोड रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

आयोगले साहविरुद्ध ३१ लख ७४ हजार ४ सय ६७ रुपैयाँ विगो दाबी गरेको छ। त्यस्तै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रबिन्द्रकुमार महत, तत्कालीन लेखापाल ईन्द्रकुमार कर्ण, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष विद्यानन्द साह र सोही वडाका सचिव रामनारायण मण्डलविरुद्ध ५ लाख २८ हजार ४ सय ४० रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

प्रकाशित: ७ वैशाख २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =