वडाध्यक्षहरूलाई हर्कको निर्देशन- पार्टी ह्विप छोडेर तत्काल बैठकमा आउनुस्

हिमाल प्रेस ७ वैशाख २०८० १६:४४
6
SHARES
वडाध्यक्षहरूलाई हर्कको निर्देशन- पार्टी ह्विप छोडेर तत्काल बैठकमा आउनुस्

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई)ले पालिका वडाध्यक्षहरू कार्यपालिका बैठकमा अनुपस्थित नभएकोप्रति खेद प्रकट गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले कार्यपालिकामा उपस्थित नहुने वडाध्यक्षहरूको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

‘विगत केही महिनादेखि बिनाकारण पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै सुशासन र विकास पाउनु पर्ने जनताको अधिकारमाथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु,’ विज्ञप्तिमा उल्लेख छ।

वडाध्यक्षहरूले मेयर साम्पाङले आफूहरूको राय, सल्लाह नलिई आफूखुसी निर्णय गरेको, स्वकीय सचिवलाई अनधिकृत रूपमा उपमहानगरको लेटर प्याड प्रयोग गर्न दिएकोलगायत असन्तुष्टि जनाउँदै २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन।

बैठक बस्न नसक्दा उपमहानगरले गर्नुपर्ने कतिपय महत्त्वपूर्ण कार्यविधिहरू बन्न सकेका छैनन्। जसकारण जनतालाई सेवाप्रवाहमा प्रभाव परेको छ। मेयर साम्पाङले कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने कर्तव्य भएकाले जनताले दिएको अधिकार दुरुपयोग नगर्न वडाध्यक्षहरूलाई सचेत गरेका छन्।

‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ।

उनले वडाध्यक्षहरूले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्छु भन्दै खाएको शपथ बिर्सिएर वडाध्यक्षहरू पार्टीको स्वार्थ र निर्देशनअनुसार चलेको आरोपसमेत लगाएका छन्। जनप्रतिनिधिहरूले आफ्नो पदीय हैसियत बिर्सिएर पार्टीको निर्देशनमा चल्नु खेदपूर्ण कार्य भएको पनि उनले जनाएका छन्।

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सञ्चालन कार्यविधिको धारा १४ को उपधार १ प्रयोग गरेर आफूले बैठकलाई व्यवस्थित गर्ने अधिकार मेयरलाई भएकाले यसमा कसैले अन्यथा लिन नहुने उनले स्पष्ट पारेका छन्।वडाध्यक्षहरूलाई वडामा भएका काम र प्रगतिबारे बैठकलाई तत्काल जानकारी गराउन पनि उनले निर्देशन दिएका छन्।

यो पनि:

हर्क सम्पाङले बोलाएको बैठकमा वडाध्यक्षहरू अनुपस्थित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =