प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस ७ वैशाख २०८० १५:५०
8
SHARES
प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताएकी छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भए पनि टुंगो नलागेको स्पष्ट पारिन्।

उनले प्रधानमन्त्रीले भ्रमणमा कस्ता विषयहरूलाई छलफलमा समेट्ने भन्ने कुरासमेत तय नभएको बताइन्। ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ । तर मिति तय भइसकेको छैन। भारत छिमेकी राष्ट्र हो। छिमेकी देशको भ्रमणमा प्रधानमन्त्री जा“दा के कस्ता विषयहरुमा छलफल गर्ने भनेर मन्त्रालयहरुबाटै तयारी गरेर मन्त्रिपरिषद्बाट निर्णय भएर नै छलफलका विषयहरु छनोट हुने हो,’ उनले भनिन्, ‘अहिले छलफलको विषय प्राथमिकीकरण भएको छैन।’

उनले भारत भ्रमणमा दुई देशीय हित, सीमा सम्बन्धी विषयहरू, कृषि, पुर्वाधार विकासलगायत विषयहरुमा नियमित संवाद नै हुन सक्ने बताइन्।

प्रकाशित: ७ वैशाख २०८० १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =