‘बिच्छेद’ मंसिर ८ मा प्रदर्शन हुने

हिमाल प्रेस ७ वैशाख २०८० १३:४२
16
SHARES
‘बिच्छेद’ मंसिर ८ मा प्रदर्शन हुने

काठमाडौँ- अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवा मुख्य भूमिकामा रहने फिल्म ‘बिच्छेद’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि निर्माण पक्षले घोषणा गरेको छ। फिल्म आगामी मंसिर ८ मा प्रदर्शनमा आउनेछ।

सार्वजनिक पोस्टरमा मुकुन र लक्ष्मीलाई देख्न सकिन्छ। यो जोडी यसअघि फिल्म ‘बुलबुल’ देखिएको थियो। फिल्ममा उनीहरूको अभिनयको धेरैले प्रशंसा गरेका थिए। फिल्ममा निर्देशन सत्यराज चौलागाईंको रहनेछ। फिल्म छायांकन सुरु भएको तीन वर्षपछि सुटिङ सकिएको छ। कोराना महामारीमा कारण फिल्मको छायांकन बीचमै रोकिएको थियो।

गाउँले परिवेशमा आधारित फिल्मको छायांकन रामेछापको एक गाउँमा गरिएको छ।फिल्ममा मुकुन र लक्ष्मीबाहेक सुषमा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, जीवन थापालगायत कलाकारको अभिनय छ।

प्रकाशित: ७ वैशाख २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =