‘ज्याकी’को प्रमोसनमा धीरज र जसिता

हिमाल प्रेस ७ वैशाख २०८० १२:२३
6
SHARES
‘ज्याकी’को प्रमोसनमा धीरज र जसिता

काठमाडौँ- वैशाख २१ मा प्रदर्शनमा आउने फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को प्रचारप्रसारमा कलाकार र निर्माण पक्ष लागिपरेका छन्।

फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा छन्। फिल्मको प्रमोसनकै लागि उनी बुटवल र नेपालगञ्ज जाने भएका छन्। त्यहाँ उनले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। भोलि (शुक्रबार) यी दुई कलाकारले बुटवलवासीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

बुटवलका विभिन्न कलेज तथा सिनेमा हलमा धीरज र जसिताले दर्शकसँग भेट गर्नेछन्। शनिबार नेपालगञ्जस्थित क्यूएफएक्सको बागेश्वरी हलमा दर्शकसँग साक्षात्कार गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्ममा रेनशा राईका निर्देशन रहेको छ। फिल्म प्रदर्शनमा आउनुअघि दर्शकसँग भेटर फिल्मबारे उनीहरूको विचार बुझ्न चाहेको निर्देशक राईले सञ्चारमाध्यमलाई बताएकी छन्।

‘हामी दर्शकलाई भेट्न आतुर छौँ,’ उनले भनेकी छन्, ‘फिल्मबारे उहाँहरू के सोच्नुहुन्छ जान्न चाहन्छौँ। त्यो कुरा थाहा पाउन उत्साहित छौँ।’

प्रकाशित: ७ वैशाख २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =