नेपाल प्रहरीका १३ एसएसपीको डीआईजीमा बढुवा

हिमाल प्रेस ७ वैशाख २०८० ७:१८
350
SHARES
नेपाल प्रहरीका १३ एसएसपीको डीआईजीमा बढुवा प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिसअनुसार बुधबार डीआईजी बढुवाको निर्णय गरेका हुन्।

डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका थिए।

बढुवा सिफारिसविरुद्ध उजुरी परेको भोलिपल्ट नै बढुवाको निर्णय भएको हो। बुधबार बढुवाको निर्णय नभएको अवस्थामा एसएसपी विकासराज खनाल अनिवार्य अवकासमा जाने थिए।

एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनी बुधबार राति १२ बजेबाट अवकासमा जाने थिए। तर गृहमन्त्री श्रेष्ठले त्यसअघि नै डीआईजीमा बढुवा गरेसँगै उनको कार्यकाल लम्बिएको छ। खनाल आईजीपी वशन्तबहादुर कुंवरकै ब्याची हुन्। अब उनको कार्यकाल पनि लम्बिएको छ।

नेपाल प्रहरीको डीआईजी बढुवा सिफारिसविरुद्ध एसएसपीले दिए उजुरी

नेपाल प्रहरीका १३ एसएसपी डीआईजीका लागि सिफारिस, पहिलो नम्बरमा कुवेर कडायत

प्रकाशित: ७ वैशाख २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =