पुरानै अवस्थाबाट कित्ताकाट खोल्दा जग्गाको खण्डीकरण बढ्छ : सांसद सुब्बा

हिमाल प्रेस ६ वैशाख २०८० १३:५९
6
SHARES
पुरानै अवस्थाबाट कित्ताकाट खोल्दा जग्गाको खण्डीकरण बढ्छ : सांसद सुब्बा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेशविपरीत भएको बताएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको बताएकी हुन्।

‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ, कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ,’ उनले भने, ‘प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ।’

उनले जमिनको दलालीकरण बढाउने बताइन्। उनले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षणसमेत गराइन्।

प्रकाशित: ६ वैशाख २०८० १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =