संसद्‌मा ईसीडी शिक्षकका माग सम्बोधन गर्न ध्यानाकर्षण

हिमाल प्रेस ६ वैशाख २०८० १३:४३
730
SHARES
संसद्‌मा ईसीडी शिक्षकका माग सम्बोधन गर्न ध्यानाकर्षण सांसद अनिशा नेपाली

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले बाल विकास (ईसीडी) शिक्षकका माग पूरा गर्न सरकारसँग आग्रह गरेकी छन्। राप्रपा सांसद नेपालीले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा यस्तो माग गरेकी हुन्। उनले बालबालिकाको दोस्रो घरका रूपमा रहेको प्रावि तहमा अध्यापन गराउन शिक्षक आन्दोलित हुँदा त्यसको सोझो असर बालबालिकामा पर्ने बताइन्।

उनले भनिन्, ‘बालबालिकाको पहिलो विद्यालय उसको घर हो, दोस्रो घर प्राथमिक विद्यालय हो। घरमा र विद्यालयमा जस्तो सिकिन्छ, त्यसको प्रभाव माथिल्लो तहमा रहिरहन्छ। सांसद नेपालीले नेपाल बाल विकास शिक्षक संगठन पटकपटक आन्दोलन गर्दै जाने सरकारले सहमति पनि गर्ने तर माग पूरा गर्ने नगर्ने हो भने त्यसको औचित्य नरहेन बताइन्।

सांसद नेपालीले भनिन्, ‘बाल विकासका शिक्षकहरूले विभिन्न समयमा न्यायका लागि आफ्ना माग राख्दै आन्दोलन गर्ने अवस्था आइरहह्यो भने यसको असर बालबलिकामा पर्ने निश्चित देखिन्छ।’

बालबालिकाले घर र प्राथमिक विद्यालयमा पाएको शिक्षादीक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले उनीहरूलाई पढाउने शिक्षकको माग पूरा गर्नुपर्ने उनको भनाइ छ। बाल विकास शिक्षकहरू लामो समयदेखि तलबसुविधा लगायतका माग राखेर आन्दोलनमा छन्। सरकारले पटकपटक सहमति गरे पनि मा कार्यान्वयनमा चासो नदिएको उनीहरूको गुनासो छ।

प्रकाशित: ६ वैशाख २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =