होण्डाको उपहार योजना, जित्न सकिन्छ एक लाख

हिमाल प्रेस ६ वैशाख २०८० १२:५७
4
SHARES
होण्डाको उपहार योजना, जित्न सकिन्छ एक लाख

काठमाडौँ- होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसरमा ‘होण्डा चुज योर स्किम’ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत होण्डाको मोटरसाइकल वा स्कुटरको खरिदमा एक लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ।

यस्तै आठ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको निःशुल्क सर्भिसिङ वा १० हजारसम्मको अतिरिक्त स्क्य्राच कुपन वा १२ हजार ५०० रुपैयाँ सम्मको ५ वर्षका लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक स्किम रोज्न सकिनेछ।

यस उपहार योजनाले ग्राहकहरूमा नयाँ उत्साह थप्ने विश्वास लिइएको कम्पनीले जनाएको छ। होण्डाले १ प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =