६ लेन सडकभित्रका संरचना हटाउन सुरु

हिमाल प्रेस ६ वैशाख २०८० १२:२४
10
SHARES
६ लेन सडकभित्रका संरचना हटाउन सुरु

इटहरी- सुनसरीको दुहबीस्थित मुख्य राजमार्गमै एकैसाथ १० वटा डोजर चलेको छ। विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधीन रहेको ६ लेन सडक दुहबी बजारमा भने सडक क्षेत्राधिकारभित्र परेको र नहटाइएका कारण काम अगाडि बढ्न सकेको थिएन।

६ लेन सडकको काम लामो समयदेखि रोकिएपछि मंगलबार दुहबी नगरपालिकाको नेतृत्वमा एकैसाथ १० वटा डोजर चलाइएको हो। सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू मंगलबारबाट भत्काउन सुरु गरिएको छ।

६ लेन सडक आयोजनाका अनुसार दुहबी नगरपालिकामा पर्ने २ किलोमिटर सडकमा भने ६ लेन सडकको काम हुन सकेको छैन। दुहबीका नगर प्रमुख वेद गच्छदारका अनुसार मुख्य राजमार्गमा पर्ने दुई मिलोमिटर मध्ये ‘विल टप एरिया’को ६३० मिटर बाहेकको संरचना हटाइएको हो।

नगरपालिकाले तीन महिना अगाडि घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। सोमबार उच्च अदालत विराटनगरले निषेधाज्ञाको अन्तरिम आदेश खारेज गरेपछि राष्ट्रिय गौरवको आयोजना बनाउने बाटो खुलेको मेयर गच्छदारले बताए।

यसअघि इटहरी उपमहानगरपालिकाले पनि सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएको थियो ।

प्रकाशित: ६ वैशाख २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =