प्रधानमन्त्री कार्यालयमा मिडिया सेन्टर सञ्चालन

हिमाल प्रेस ५ वैशाख २०८० २०:५६
8
SHARES
प्रधानमन्त्री कार्यालयमा मिडिया सेन्टर सञ्चालन

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार संकलन सहज होस् भन्ने उद्देश्यले सरकारले मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो।

मंगलबारदेखि मिडिया सेन्टरको सुरुवात गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया सेन्टरको सुरुवात गरिन्।

सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीलाई मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराइन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पनि यसअघि नै सञ्चारकर्मीको सुविधाका लागि मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। रासस

प्रकाशित: ५ वैशाख २०८० २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =