धर्नासँग सरोकार छैन : टेलिकम

हिमाल प्रेस ४ वैशाख २०८० २०:०४
2
SHARE
धर्नासँग सरोकार छैन : टेलिकम

काठमाडौँ- नेपाल टेलिकमले आफ्नो प्रांगणमा केही व्यक्तिले दिइरहेको धर्नाप्रति आफ्नो कुनै सरोकार नरहेको बताएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले केन्द्रिीय कार्यालय प्रांगणबाहिर केही व्यक्तिहरूले दिइरहेको धर्ना सम्बन्धमा आफ्नो कुनै सरोकार नरहेको बताएको हो।

‘टेलिकमले सेवा विस्तार, मर्मत सम्भारलगायत कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ।’

केही दिन अघि सम्पन्न व्यवस्थाअनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भएकाले प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ।

‘यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगणबाहिर विभिन्न माग राखिरहेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ।’

प्रकाशित: ४ वैशाख २०८० २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =