भारतलाई काखा अरूलाई पाखा गर्ने परराष्ट्रका अधिकारीहरू

हिमाल प्रेस ४ वैशाख २०८० १७:५७
14
SHARES
भारतलाई काखा अरूलाई पाखा गर्ने परराष्ट्रका अधिकारीहरू

काठमाडौँ– परराष्ट्रसचिव भरत पौड्यालको ट्विटर ह्याण्डल हेर्दा देखिन्छ- उनले एस जयशंकरको ट्विटलाई रिट्वीट गरेका छन्। पौड्यालले नवनियक्त परराष्ट्रमन्त्री एनपी साउदलाई बधाईसमेत दिएका छन्।

तर उनै सचिव पौड्यालले जयशंकरभन्दा अगाडि नै बधाई दिएका पाकिस्तानका विदेशमन्त्री विलावल भुट्टो जर्दारीको बधाईलाई भने ‘इन्डोर्स’ गरेका छैनन्।

परराष्ट्र मन्त्रालयले भने भारतीय विदेश मन्त्रीको भन्दा केही ढिलो गरी रिट्वीट गरेको छ। यसले कूटनीतिमा समानताको कुरा गर्ने, असंलग्नताको कुरा गर्ने र भारतको विषय आएपछि सबै बिर्सने काम भइरहेको छर्लंग देखिन्छ। परराष्ट्र सचिव पौड्याल भारतीयसँग आफू पाकिस्तानमा राजदूत भएको भन्नसमेत हिच्किचाउँछन्।

एक भारतीय अधिकारीले भने, ‘उहाँले पाकिस्तानको कहाँ रिट्वीट गर्ने? हामीसँग त पाकिस्तानमा राजदूत भएकोसमेत भन्नुहुन्न। नेपालीले भन्नुपर्ने कुरा भारतीयले भनिरहेको हुन्छ। तर पनि कूटनीतिमा यस्तो सोच रहेका व्यक्तिहरु छन्।’

आफ्नो पोस्टिङको लागि हिसाब गरेर ट्विट गर्ने र इन्डोर्स गर्ने गर्दा के हुन्छ भन्नेसमेत हेक्का छैन। हिजै भुट्टोको ट्विटपछि भारतीय राजदूत जयशंकरको सन्देश लिएर मन्त्रालय पुगे। त्यहाँ छलफल हुनुअघि नै पाकिस्तानले आफनो बधाई पठाइसकेको थियो। तर परराष्ट्र मन्त्रालयले भारतको नआएसम्म पाकिस्तानको बधाईसमेत बेवास्ता गरेको देखिन्छ।

नेपाल सार्क अध्यक्ष मुलुक हो। नेपालले यस क्षेत्रको विकासमा सहकार्य गर्नुपर्नेमा ‘काबिल’ भनिने कूटनीतिज्ञबाट नै यस्तो काम भइरहेको छ।

परराष्ट्रमन्त्री आउनेबित्तिकै भारतबाट नेपाल हेर्ने राजदूतलाई सहमति दिने निर्णय गराउने र भारतको सन्देश आएपछि मात्र अन्यको सन्देशलाई रिट्विट गर्नेजस्ता कार्यले नेपालको कूटनीतिमा समस्या देखापर्ने निश्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =