८ महिनामा कुन बैंकले कति कमाए?

हिमाल प्रेस ४ वैशाख २०८० १५:५३
4
SHARES
८ महिनामा कुन बैंकले कति कमाए?

काठमाडौँ– वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांक सार्वजनिक गरेका छन्।  आव २०७९/८० को साउनदेखि फागुनसम्मको अवधिमा सबैभन्दा धेरै नबिल बैंकले कमाएको छ। फागुनसम्म नबिलको नाफा ५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

नाफाको हिसाबले दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ कमाइ गरेको छ। त्यसैगरी एनआईसी एशिया बैंकले ४ अर्ब ५ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड कमाइ गरेको छ।

एनएमबी बैंकले २ अर्ब ६० करोड, प्राइम कमर्सियलले २ अर्ब ३९ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड नाफा गरेको छ। आठ महिनामा एभरेष्ट बैंकको नाफा २ अर्ब २३ करोड, प्रभु बैंकको २ अर्ब २२ करोड, नेपाल बैंकको २ अर्ब ११ करोड पुगेको छ।

कुमारी बैंकले २ अर्ब ६ करोड, सानिमा र हिमालयन बैंकले समान १ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेका छन्। नेपाल एसबीआई बैंक लिमिटेडले ८ महिनामा १ अर्ब ६४ करोड, सिद्धार्थ १ अर्ब ५५ करोड, माछापुच्छ्रे  बैंकले १ अर्ब ४२ करोड, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड कमाएको छ।

त्यस्तै यो अवधिमा सिटिजन्स बैंकले १ अर्ब २५ करोड, सन्राइज बैंकले १ अर्ब ८ करोड रुपैयाँ कमाएको छ। कृषि विकास बैंक लिमिटेडले सबैभन्दा कम ४१ करोड रुपैयाँ आम्दानी गरेको छ।

प्रकाशित: ४ वैशाख २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =