यामाहाको एरोक्स १५५ नेपालमा बिक्री सुरु

हिमाल प्रेस ३ वैशाख २०८० २०:४४
4
SHARES
यामाहाको एरोक्स १५५ नेपालमा बिक्री सुरु

काठमाडौँ- यामाहाको एरोक्स १५५ अल्टिमेट स्कुटर नेपालमा बिक्री सुरु गरिएको छ। यामाहाको नेपालका लागि आधिकारिकता विक्रेता एमएडब्लुले नेपालमा बिक्रीवितरण सुरु गरेको हो।

विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनसहित एरोक्स १५५मा गति र शक्तिले पूर्ण रहेको कम्पनीको दाबी छ। उक्त स्कुटरमा लिक्वीड कुल्ड इञ्जिन रहेको र प्रतिघन्टा १ सय २० किलोमिटरसम्म उच्च गति दिनसक्ने कम्पनीको भनाइ छ।

बिक्री सुरु गरेको अवसरमा एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड रहेको बताए। ‘यसले नयाँ र अनुभवी राइडरहरू दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियन्सका लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ,’ उनले भने, ‘यामाहा एरोक्स १५५ को शक्तिशाली इञ्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुईपांग्रे सवारीसाधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु।’

प्रकाशित: ३ वैशाख २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =