सीजीनेटको सेवा थप ७ ठाउँमा विस्तार

हिमाल प्रेस ३ वैशाख २०८० २०:३२
4
SHARES
सीजीनेटको सेवा थप ७ ठाउँमा विस्तार

काठमाडौँ- सीजीनेट इन्टरनेट कम्पनीले थप ७ सहरमा सेवा विस्तार गरेको छ। इन्टरनेट र आईपीटीभी सेवा दिँदै आएको कम्पनीले विराटनगर, वीरगञ्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुवाहीमा सेवा विस्तार गरेको हो।

कम्पनीले ‘स्पिड दमदार प्राइस शानदार’ अफरसहित सेवा विस्तार गरिएको बताएको छ। अफरअन्तर्गत कम्पनीले १ सय ३० एमबीपीएसको ७ सय ९९ रुपैयाँ, २ सय ५० एमबीपीएसको १ हजार ४९ रुपैयाँ र ३ सय ५० एमबीपीएसको १ हजार २ सय ९९ रुपैयाँमा उपलब्ध गराउनेछ।

साथै सीजीनेटले आफ्ना प्रयोगकर्तालाई ३ लाख रुपैयाँसम्मको एक्सिडेन्टल बिमा र सीजीका घडी, इयरफोनलगायतका सामग्री खरिदमा ३५ प्रतिशतसम्म छुट उपलब्ध गराउने पनि बताएको छ। थप ७ ठाउँमा इन्टरनेट सेवा विस्तार गरेको कम्पनीले आइतबार पोखरामा आफ्नो आगमनको घोषणा गरेको हो।

प्रकाशित: ३ वैशाख २०८० २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =