केपी ओलीलाई भाइरल ज्वरो, घरमै आराम गर्दै

हिमाल प्रेस ३ वैशाख २०८० १७:३०
12
SHARES
केपी ओलीलाई भाइरल ज्वरो, घरमै आराम गर्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। ज्वोरो आएपछि घरमै आराम गरिरहेको ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’ ओलीले भनेका छन्।

बिरामी भएकै कारणले उपनिर्वाचनमा तनहुँ, चितवन र बारामा आफ्ना उम्मेदवारको चुनावी सभामा सहभागी हुन नसकेको पनि उनले उल्लेख गरेका छन्।

उनले तीनै क्षेत्रका आफ्ना उम्मेदवारलाई निर्वाचन गराउन पनि अपिल गरेका छन्।

‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ उनले भनेका छन्, ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ। उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु।’

ओलीले आफ्नो स्वास्थ्य ठीक भएसँगै मतदातालाई भेट्न आउने पनि भनेका छन्। उनले भनेका छन्, ‘स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु। तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित: ३ वैशाख २०८० १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =