थपिए १३६ जना कोरोना संक्रमित

हिमाल प्रेस १ वैशाख २०८० १६:४२
12
SHARES
थपिए १३६ जना कोरोना संक्रमित फाइल तस्बिर

काठमाडौँ- नेपालमा १ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ हजार ४ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ३६ जनामा सङ्क्रमण देखिएको हो।

यस्तै, आज ६८ जना उपचारपछि घर फर्किएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १ पुगेको छ।

मन्त्रालयका अनुसार आइसीयूमा ११ जना र भेन्टिलेटरमा ३ संक्रमितको उपचार भइरहेको छ।

 

प्रकाशित: १ वैशाख २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =