हिमाल सरसफाइमा सक्रिय नेपाली सेना, १३ जनाको टोली सगरमाथा आधार शिविरमा

हिमाल प्रेस १ वैशाख २०८० १६:३१
8
SHARES
हिमाल सरसफाइमा सक्रिय नेपाली सेना, १३ जनाको टोली सगरमाथा आधार शिविरमा

काठमाडौँ– हिमाल सरसफाइका लागि नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ सदस्यीय टोली बिहीबार सगरमाथा आधार शिविर पुगेको छ।

सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्यको लागि खटेका सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी अधिकारीको नेतृत्वको १३ जनाको टोली बिहीबार सगरमाथा आधार शिविरमा पुगेको हो।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा ०७९ चैत्र १४ गते प्रधान सेनापति प्रभुराम शर्माबाट क्याम्पेन लिडरहरूलाई क्याम्पेन फ्लेग हस्तान्तरणपश्चात टोली काममा सक्रिय भएको हो।

यस अभियानअन्तर्गत अन्‍नपूर्ण हिमाल सफाइमा संलग्न टोली गत चैत्र १७ गते नै अन्‍नपूर्ण आधार शिविर पुगेर फोहोर संकलनकार्य थालनी गरिसकेको छ भने बरुञ्‍चे हिमाल सफाइ टोली सो हिमालको आधार शिविर पुग्ने क्रममा रहेको छ।

टोलीहरू हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकुल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेको नेपाली सेनाले जनाएको छ।

अन इन्डेभर टु सेव द हिमालय भन्ने थिमका साथ सञ्चालन भइरहेको यो अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ विश्व वातावरण दिवस (जुन ५ तारिख)सम्म सञ्चालन हुने छ।

यो अभियान‌ले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदुषण तथा विश्व तापमान‌को असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ।

प्रकाशित: १ वैशाख २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =