शीर्ष नेतासँगको सभामुखको छलफल कार्यक्रम स्थगित

हिमाल प्रेस १ वैशाख २०८० ११:२४
2
SHARE
शीर्ष नेतासँगको सभामुखको छलफल कार्यक्रम स्थगित सभामुख देवराज घिमिरेको निवासमा मंगलबार बिहान बसेको बैठकमा सहभागी नेताहरू।

काठमाडौँ- सभामुख देवराज घिमिरेको शुक्रबार आह्वानमा बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक स्थगित भएको छ।

दिउँसो १ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो।

सभामुखले संसद्को बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्।

सभामुखले २०७९ चैत २५ गते सिंहदरबारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए।

प्रकाशित: १ वैशाख २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =