पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

हिमाल प्रेस १ वैशाख २०८० ८:५६
2
SHARE
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेका छन्।

नयाँ वर्ष २०८० का अवसरमा आज दिएका शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताएका छन्।

नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकांक्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

उनको सन्देशमा भनिएको छ, ‘विगतका दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण गर्‍यौँ। दशकको मध्यतिर हासिल गरिएको सात प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहे पनि कोभिड-१९ महामारीलगायत कारणले त्यसलाई निरन्तरता दिन सकिएन।’

प्रकाशित: १ वैशाख २०८० ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =