नयाँ वर्षमा सुशासनको नयाँ आयामको अनुभूति गर्न पाइयोस् : खिलराज रेग्मी

हिमाल प्रेस १ वैशाख २०८० ७:५५
2
SHARE
नयाँ वर्षमा सुशासनको नयाँ आयामको अनुभूति गर्न पाइयोस् : खिलराज रेग्मी

काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षमा जनताले नवीन दृष्टिकोण, नयाँ मार्गचित्रका साथ विकास, समृद्धि र सुशासनको नयाँ आयामको अनुभूति गर्न पाउन भन्ने शुभकामना व्यक्त गरेका छन्।

नव वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्ष सुख र समृद्धिको अनुभूति हुने तथा यस्तै विषय पढ्ने र सुन्न पाउने अवसर प्राप्त होस् भनी सबैमा शुभकामना व्यक्त गरेका हुन्।

‘समयमै नीतिगत र कार्यक्रमिक रूपले कार्यान्वयन योग्य ठोस कदम चाल्न सकिएन भने अबको बाटो कता तिर भन्ने अहंम प्रश्न खडा हुन्छ । यसले जनसाधारणमा निराशा र आक्रोश बढ्न थाल्दछ,’ उनले भने।

चुनौती व्यवस्थापन गर्दै देश र जनताको लागि नेतृत्वदायी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सरकारको दायित्व रहेको शुभकामना सन्देशमा उल्लेख छ।

पूर्वअध्यक्ष रेग्मीले राजनीतिक दल र नेतृत्ववर्ग हाम्रो प्रणालीमा मुख्य अवयव भएकाले राज्यले समस्या देखाउने र हेर्ने नभई समाधान दिनेतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए।

प्रकाशित: १ वैशाख २०८० ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =