मिटरब्याजीपीडित र सरकारी पक्षको वार्तामा सहमति जुटेन, थप संघर्ष गर्ने समितिको चेतावनी

हिमाल प्रेस ३० चैत २०७९ १५:५७
8
SHARES
मिटरब्याजीपीडित र सरकारी पक्षको वार्तामा सहमति जुटेन, थप संघर्ष गर्ने समितिको चेतावनी फाइल तस्बिर।

काठमाडौँ– मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारी वार्ता टोलीबीचको वार्तामा सहमति जुट्न सकेन। बिहीबार गृह मन्त्रालयमा भएको वार्तामा पीडितका पक्षमा कुनै निष्कर्ष ननिस्किएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए।

वार्तामा आफ्ना मागहरू सम्बोधनको प्रयास नै नगरिएको भन्दै समितिले वार्ता टोलीसँगको वार्ता भंग भएको जनाएको छ। सहमति नजुटेपछि मजदुर संघर्ष समितिले आन्दोलन र संघर्षका कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ।

आइतबारदेखि सुरु भई विभिन्न चरणमा भएको वार्तामा सरकारी टोलीले आफूहरूका माग सम्बोधनको प्रयास नै नगरेपछि सो वार्ता गर्न नसकेर वार्ता भंग गर्नुपरेको प्रवक्ता नवीनको भनाइ छ।

‘मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो। राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले विभिन्न चरणमा ५ दिन वार्ता गर्‍यौं। उहाँहरू ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन। आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं,’ उनले भने।

समितिले राखेका ६ बुँदे मागप्रति सरकारी पक्ष जिम्मेवार नदेखिएको उनले आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =