नेपाललाई फिल्म हब बनाउनुपर्छ : राज्यमन्त्री ठकुरी

हिमाल प्रेस ३० चैत २०७९ १५:४३
6
SHARES
नेपाललाई फिल्म हब बनाउनुपर्छ : राज्यमन्त्री ठकुरी

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कलाकारहरूको भविष्य सुरक्षित गर्नका लागि सरकारले योजना बनाउनु पर्ने बताएकी छन्। काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

कला क्षेत्रमा सक्रिय रहुन्जेल चर्चामा रहने तर उमेर ढल्किएपछि उनीहरू समाजमा टिक्न नसक्ने अवस्थामा पुगेको तथ्यलाई सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘कलाकार र कला क्षेत्रलाई नेपाली जनताले जसरी माया गर्नुहुन्छ, यसलाई आगामी दिनमा एउटा खालको विशेष रणनीति बनाएर जानुपर्छ। गीत गाउने, नाच्ने र अभिनय गर्ने बेलासम्म जीवनस्तर राम्रो चल्छ तर भोलिको हकमा केही हुँदैन। हामीलाई चाहिएको भोलिको ग्यारेन्टी हो। ज्येष्ठ नागरिक भएपछि के हो त?,’ उनले भनिन्, ‘कलाकारहरूको भविष्य सुरक्षित गर्न जरुरी छ। सरकारले यसका लागि योजना बनाउन जरुरी छ।’

कला क्षेत्रको संवर्द्धन गर्न राज्य गम्भीर रहेको बताउँदै उनले आगामी दिनमा नेपाललाई फिल्म हब बनाउनतर्फ लाग्नुपर्ने उल्लेख गरिन्। ‘आगामी दिनमा नेपाललाई फिल्म हब बनाउने कुरामा हामी लाग्नुपर्छ। यसलाई पर्यटनको क्षेत्रसँग जोडेर अघि बढ्न सक्छौं। यसका लागि सबै पक्ष छलफलमा बसौं,’ उनले भनिन्।

प्रकाशित: ३० चैत २०७९ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =