उद्योग वाणिज्य महासंघ : जिल्ला नगर उपाध्यक्षमा वैद्य, वस्तुगत उपाध्यक्षमा ढकाल

हिमाल प्रेस ३० चैत २०७९ ७:१३
42
SHARES
उद्योग वाणिज्य महासंघ : जिल्ला नगर उपाध्यक्षमा वैद्य, वस्तुगत उपाध्यक्षमा ढकाल ढकाल र वैद्य।

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन्।

वैद्य ४३ मत पाउँदै विजयी भए। अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन्।

यसैगरी वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ।

तीन उपाध्यक्षमध्ये एशोसिएटतर्फको मतगणना जारी छ।

प्रकाशित: ३० चैत २०७९ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =