निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने तयारी भइरहेको छ : मन्त्री मोदी

हिमाल प्रेस २९ चैत २०७९ १६:०२
30
SHARES
निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने तयारी भइरहेको छ : मन्त्री मोदी फाइल तस्बिर।

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनलाई सदनमा पेस गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री मोदीले संघीय निजामती सेवा ऐनलाईलाई सदनमा पेस गर्न पहिलो दिनदेखि नै लागिपरेको भन्दै छिटै पेस हुने जानकारी दिएका हुन्।

उनले ऐनलाई अघि बढाउनका लागि आफूले सबै सरोकारवालहरूसँग छलफल गरेर विवादीत विषयलाई हल गरेको पनि बताए। संघीय निजामती सेवा ऐन निकै पेचिलो बन्दै गएको भन्दै उनले उक्त ऐन आए संघीय संरचनामा देखिएका केहि समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे।

आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले ऐन कहिले पेस हुन्छ भनेर लगातार प्रश्न गरेपछि मन्त्री मोदीले यसबारे बोलेका हुन्।

प्रकाशित: २९ चैत २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =