तत्काल प्रधान्यायाधीश नियुक्त नगरे आन्दोलन गरे बारको चेतावनी

हिमाल प्रेस २९ चैत २०७९ १४:५१
8
SHARES
तत्काल प्रधान्यायाधीश नियुक्त नगरे आन्दोलन गरे बारको चेतावनी

काठमाडौँ– तत्काल प्रधानन्यायाधीश र न्यायाधीहरूको नियुक्ति नगरे आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालतमा पनि रिक्तता देखिएको र जिल्लामा समेत ५० न्यायाधीश खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

‘हामीले प्रधानमन्त्रीको पनि यसबारे ध्यानाकर्षण गराइसकेका छौँ। अब न्यायालय न्यायाधीश नभएर न्यायनिरूपण नै गर्न नसक्ने अवस्थामा रहिरहन सक्दैन,’ बार अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘हामीले सरकारलाई अल्टिमेटम दिएका छौँ। नियुक्ति भएन भने केही समयभित्रै बार आन्दोलनमा उत्रिन्छ।’

उनले बार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको मूलमर्मलाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहेको जिकिर गरे। विगतको आन्दोलन दोहोरिने अवस्था नबनाउन सरकारलाई आग्रह गरे ।

‘नेपाल बार एसोसिएसनले न्यायपालिकाको विकृति, विसंगति अन्त्य गर्न विगतको १०९ दिने न्यायपालिका शुद्धीकरण र शुद्धीकरण अभियानलाई वर्तमान कार्यसमितिले स्वामित्व ग्रहण गरी सो कार्यलाई निरन्तरता दिँदै आएको छ,’ अध्यक्ष घिमिरेले भने ।

प्रकाशित: २९ चैत २०७९ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =