बागमतीलाई सफा, हराभरा बनाउन अभियान चलाएर मात्रै हुँदैन : मन्त्री गुरुङ

हिमाल प्रेस २८ चैत २०७९ १७:२७
22
SHARES
बागमतीलाई सफा, हराभरा बनाउन अभियान चलाएर मात्रै हुँदैन : मन्त्री गुरुङ फाइल तस्बिर

काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाइ र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छन्।

उनले बागमती सफा पार्न आसपासमा बस्न नागरिकले मन पनि सफा राख्नुपर्ने बताइन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २९ औँ बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले बागमतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताइन्।

‘हामीले बागमती सफाइ गर्न, स्वच्छ पार्न अभियान थालेको २८ बर्ष बितिसक्यो, वर्षौदेखि हामी हरेक साता बागमतीबाट फोहोरको डंगुर झिकेर फ्याँकिरहेका छौँ, तर अझै सफा भइरहेको छैन,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले सधैँ काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन। बागमतीमा हामीले सफाई अभियान चलायौँ, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौँ। त्यसैले सबैभन्दा पहिले हामीले मन र मष्तिष्कबाट सफाई गर्नुपर्ने हुन्छ। जथाभावी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ।’

मन्त्री गुरुङले बागमती सभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरिन्।

उनले बागमती नदी आसपासमा बसोबासका सन्दर्भमा देखिएको समस्याका विषयमा सरकार गम्भीर रहेको बताइन् । ‘हरेक नागरिकको व्यवस्थित बसोबास हामीले संविधानमा ग्यारेण्टी गरेका छौँ। आवासविहीनलाई आवासको सुविधा दिनु सरकारको दायित्व हो,’ उनले भनिन्, ‘हामीले यो कुरालाई पनि भुल्नहुदैन।’

प्रकाशित: २८ चैत २०७९ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =