अर्थतन्त्रको समस्या समाधान गर्न राष्ट्रिय विमर्श गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस २८ चैत २०७९ १६:२७
2
SHARE
अर्थतन्त्रको समस्या समाधान गर्न राष्ट्रिय विमर्श गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको वर्तमान संकट समाधानका लागि बृहत् राष्ट्रिय विमर्श आवश्यक रहेको बताएका छन्।

मंगलबार महासंघको ५७औँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले अर्थतन्त्र सुधारका लागि राष्ट्रिय विमर्श गराउनुपर्ने बताएका हुन्। अर्थतन्त्रको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने उनको भनाइ थियो। सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने ढकालले औँल्याए।

मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने उनले बताए। नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको भन्दै उनले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने ढकालको भनाइ थियो।

नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने ढकालले औँल्याए।

प्रकाशित: २८ चैत २०७९ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =