उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

हिमाल प्रेस २८ चैत २०७९ १४:०७
6
SHARES
उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका छन्।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा पनि लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताए। ‘सरकारले लगानीको वातावरण सहज बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू गर्छौँ,’ उनले भने।

अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने बताए। उनले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधारण खर्चलाई कम गर्नेमा रहेको बताए।

उनले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताए। कोभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताए।

उनले सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समीक्षा, निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको बताए।

अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गरे। उनले घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताए।

प्रकाशित: २८ चैत २०७९ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =