बैंक ब्याजदर घटाउँछौँ, राजस्व बढाउँछौँ : प्रधानमन्त्री

हिमाल प्रेस २८ चैत २०७९ १३:१९
8
SHARES
बैंक ब्याजदर घटाउँछौँ, राजस्व बढाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने विषयमा छलफल भइरहेको बताएका छन्।

मंगलबार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउनेबारे सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताएका हुन्।

उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए।

‘तीन महिनाको अवधिमा सन्तोष गर्ने ठाउँ के छ भने विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, विस्तारै उत्साहजनक छ, झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति हामीसँग छ,’ उनले भने, ‘रेमिट्यान्समा पनि राम्रो सुधार भएको छ, राजस्व संकलन डेढ अर्ब भन्दा अघि बढ्दैछ, त्यसमा पनि सकारात्मक संकेत देखिएका छन्।’

प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २८ चैत २०७९ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =