मिटरब्याजीपीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने

हिमाल प्रेस २६ चैत २०७९ २१:४४
6
SHARES
मिटरब्याजीपीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ– मिटरब्याजीपीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ। रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार (भोलि) बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो।

आइतबार भएको वार्तामा समितिले आफ्ना समस्या सरकारलाई जानकारी गरायो भने सरकारी वार्ता टोलीले ती समस्याप्रति आफूहरू गम्भीर रहेको बताउँदै भोलि पुन: वार्ता बसेर यसको समाधान खोजिने जनाएको छ।

वार्ता सोमबार पुनः बस्नेगरी सकिएको मिटरब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए। वार्तामा आफूहरूको मागबारे सरकारलाई जानकारी गराइएको र सरकारी पक्षले आफूहरूका समस्या सुनेको उनले जानकारी दिए।

सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ। पीडित पक्षले मिटरब्याज असुल गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने, उनीहरूले आफूहरूमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =