डाबरको ‘रियल फिज्जिन’ पेय पदार्थ बजारमा

हिमाल प्रेस २६ चैत २०७९ २०:५८
4
SHARES
डाबरको ‘रियल फिज्जिन’ पेय पदार्थ बजारमा

काठमाडौँ- फ्रुट जुस ‘रियल फ्रुट पावर’को उत्पादक डाबर नेपालले ‘रियल फिज्जिन’ जुस बजारमा ल्याएको छ। कम्पनीले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको हो।

रियल फिज्जिन एप्पल, मसला कोला र निम्बु गरी तीनवटा स्वादमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। ११.२ प्रतिशत फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० एमएल २५० एमएल र ५०० एमएलको बोतलमा उपलब्ध छन्।

उक्त परिमाणको मूल्य क्रमशः ३० रुपैयाँ, ५० रुपैयाँ र ८० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ। त्यस्तै जीराको मसलादार स्वाद भएको रियल मसाला कोला फिज्जिनमा १०.५ प्रतिशत फलफूलको रस छ।

रियल निम्बु फिज्जिनमा ५ प्रतिशत रिफ्रेसिङ लेमन जुस रहेको कम्पनीको भनाइ छ। रियल मसाला कोला र निम्बुको १५० एमएल ‘अन द गो’ प्याक ३० रुपैयाँमा उपलब्ध रहेको छ।

प्रकाशित: २६ चैत २०७९ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =