सन्दीप लामिछानेविरुद्धको मुद्दा : चिकित्सक र साहब आलमलाई इजलासमा झिकाउन आदेश

हिमाल प्रेस २६ चैत २०७९ १५:४९
20
SHARES
सन्दीप लामिछानेविरुद्धको मुद्दा : चिकित्सक र साहब आलमलाई इजलासमा झिकाउन आदेश फाइल तस्बिर

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालत काठमाडौँले पीडितको स्वास्थ्य परीक्षण गरेका चिकित्सक र क्रिकेट खेलाडी साहब आलमलाई इजलासमा झिकाउन आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले प्रतिवेदक डाक्टर र खेलाडी आलमलाई झिकाउन आदेश दिएका हुन्। आज अन्तिम सुनुवाइ हुने भने पनि सुरु नभएको बताइएको छ।

सुनुवाइ सुरु हुनुअघि न्यायाधीश बराल आफैंले मिसिल अध्ययन गर्दा प्रतिवेदक डा . यादव अदालतमा उपस्थित हुनुपर्नेमा नभएकाले पछि त्यही विषयलाई लिएर ‘इस्यु’ हुन सक्ने भन्दै यादवलाई नै झिकाउने आदेश गरेका हुन्।

डाक्टर मनिषा यादवसहित तीनजनाको टोलीले १२ पेजको स्वास्थ्य परीक्षण प्रतिवेदन बुझाएको थियो।

स्वास्थ्य प्रतिवेदनमा हस्ताक्षर गरेकै डाक्टरलाई झिकाउने आदेश भएको अधिवक्ता अधिकारीले जानकारी दिइन्। प्रतिवादीको तर्फबाट बयान गरेका सजाहक आलम र अनिल श्रेष्ठलाई पनि झिकाइएको छ।

लामिछानेमाथि नबालिक बलात्कारको आरोप छ। काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो।

प्रकाशित: २६ चैत २०७९ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =