सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारी छ : मन्त्री शर्मा

हिमाल प्रेस २५ चैत २०७९ १७:०२
6
SHARES
सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारी छ : मन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको २३ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लाने नीति बनाउने तयारी रहेको उनको भनाइ छ।

‘सरकारले फजुल खर्च कटौती गर्न लागेको छ,’ मन्त्री शर्माले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनु पर्ने अवस्था राम्रो हैन। यो लोकतन्त्रका लागि नराम्रो हो।’

विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उनले विश्वास व्यक्त गरिन्। ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ। त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुँदैन। यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गरौं,’ उनले भनिन्।

पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामूहिक छलफल र निष्कर्षबाट सञ्चारजगत्का समस्या समाधान खोज्न आग्रह गरिन्।

नेपाल पत्रकार महासंघको काठमाडौँ शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरण गरिने उनले उल्लेख गरिन्।

कार्यक्रममा महासंघको काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले विज्ञापन, सदस्य शुद्धीकरण, नवीकरण र पत्रकारका लागि निःशुल्क स्वास्थ्य सेवाप्रति मन्त्री शर्माको ध्यानार्कषण गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =