फुटपाथ मिचेका प्रहरी संरचनामा डोजर चलाउने बालेनको चेतावनी

हिमाल प्रेस २५ चैत २०७९ १३:३५
6
SHARES
फुटपाथ मिचेका प्रहरी संरचनामा डोजर चलाउने बालेनको चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँ महानगरपालिकाभित्र सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन आग्रह गरेका छन्।

उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला।’

उनले फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेको स्पष्ट पारेका छन्। बालेनले भनेका छन्, ‘यो नियम सर्वसाधारणका लागि मात्रै होइन। सबैका लागि हो र हुनुपर्छ।’

उनले प्रहरीले नहटाए आफैँले हटाउने चेतावनी दिएका छन्।

बालेनले भनेका छन्, ‘समतामूलक कानुनको प्रयोगका लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ।’ दूतावास लगायत विदेशी नियोगले सडक मिचेर बनाइएका संरचना हटाउन भने सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको बालेनले जनाएका छन्।

उनले भनेका छन्, ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ। तयार बनौँ।’

प्रकाशित: २५ चैत २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =