कोशी प्रदेशद्वारा दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

हिमाल प्रेस २४ चैत २०७९ १८:५७
2
SHARE
कोशी प्रदेशद्वारा दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

काठमाडौँ- कोशी प्रदेश सरकारले प्रदेशका छ जिल्लाका दुग्ध किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान दिएको छ। भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिइएको प्रदेश सरकारले जानकारी दिएको छ।

यसले उत्पादन वृद्धिका लागि थप प्रोत्साहन गर्ने प्रदेश सरकारको अपेक्षा छ। शुक्रबार नवयुग दुग्ध संकलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका हुन्।

डेरीमा प्राप्त दूधको विवरणअनुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध संकलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले जानकारी दिए। केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उनले बताए। प्रदेश सरकारले चालू आर्थिक वर्षमा १२ करोड ५० लाख रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले जानकारी दिए।

जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध संकलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले सोही संस्थामार्फत किसानको तथ्यांक संकलन गरेर उनीहरूलाई अनुदान रकम वितरण गरिएको उनको भनाइ थियो। रासस

प्रकाशित: २४ चैत २०७९ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =