धनुषाबाट १ सय २४ किलो गाँजासहित ट्रक चालक पक्राउ

हिमाल प्रेस २४ चैत २०७९ १८:००
24
SHARES
धनुषाबाट १ सय २४ किलो गाँजासहित ट्रक चालक पक्राउ

जनकपुरधाम– धनुषाबाट १ सय २४ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। मकवानपुरबाट भारत पठाउन लागिएको ट्रकमा गाँजा पैठारी गर्नका लागि ल्याउँदै गर्दा मकवानपुर ८ मनहरीका ट्रक चालक शन्तबिर दोङलाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिए।

चालक दोङलाई ना. ७ ख ४२५१ नम्बरको ट्रकसहित पक्राउ गरिएको उनले बताए।

गाँजा पैठारी हुन लागेको गोप्य सूचनाका आधारमा मधेश प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले जनकपुरधाम ढल्केवर सडकखण्डअन्तर्गत पर्ने लक्ष्मिनिया चोकबाट गाँजा र ट्रक चालकलाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरीले जनाएको छ।

प्रकाशित: २४ चैत २०७९ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =