हात्तीको सुँड काटिनु मानवताविरुद्धको अपराध हो : विराजभक्त श्रेष्ठ

हिमाल प्रेस २४ चैत २०७९ १३:५४
110
SHARES
हात्तीको सुँड काटिनु मानवताविरुद्धको अपराध हो : विराजभक्त श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले हात्तीको सुँड काटिनु मानवताविरुद्धको अपराध भएको बताएका छन्। आज (शुक्रबार) संसद् बैठकमा बोल्दै उनले दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गरेका हुन्।

‘मूल्य सबैको बुझ्छौँ, महत्त्व बुझ्दैनौँ। यो मानवताविरुद्धको अपराध हो।’ उनले भने, ‘अहिले विश्वमा हिंसारहित पर्यटन चलिरहेको छ, सुँड काटेको हात्ती हेर्न पर्यटक आउँदैनन्।’

चैत २१ गते राति चितवनको सौराहामा ४५ वर्षकी चञ्चलकली हात्तीको सुँड काटिएको अवस्थामा फेला परेको थियो। रातिको समयमा अज्ञात समूहले सुँड काटेका थिए। उपनेता श्रेष्ठले घटनाको भर्त्सना गर्दै यस विषयमा सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

प्रकाशित: २४ चैत २०७९ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =