४ जना डीआईजी एआईजीमा बढुवा

हिमाल प्रेस २४ चैत २०७९ १२:३२
1.1k
SHARES
४ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौँ- नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्‌ बैठकले बढुवा समितिले गरेकै सिफारिसका आधारमा निर्णय गरेको हो।

यसअघि गत असारमा १७ जना डीआईजीको बढुवा भएको थियो। सोहीबेला डीआईजी बनेका वसन्तबहादुर कुँवर अहिले आईजीपी बनेका छन्। आईजीपीको दौडमा रहेका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए।

भण्डारीलाई मानव स्रोत, गिरीलाई प्रदेश समन्वय निर्देशनालय, चौधरीलाई कार्य विभाग र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन पनि गरिएको छ।

प्रकाशित: २४ चैत २०७९ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =