सेनाले माग्यो ३० उपसेनानी, यस्तो छ आवेदन दिने प्रक्रिया

हिमाल प्रेस २४ चैत २०७९ ९:४५
10
SHARES
सेनाले माग्यो ३० उपसेनानी, यस्तो छ आवेदन दिने प्रक्रिया

काठमाडौँ- नेपाली सेनाले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। रिक्त रहेका प्राड/प्राविधिक/हवाई र विविधि सेवातर्फबाट ३० प्राविधिक अधिकृत पदहरूमा दरखास्त आह्वान गरेको हो।

सेनाले प्राड उपसेनानी, अन्य प्राविधिक उपसेनानीहरू एमबीबीएस डा., डेन्टिस्ट, सैनिक उपचारिका, मार्नेसिस्ट, छापाखाना, सर्भेलगायतमा दरखास्त आह्वान गरेको हो।

सेनाले २०८० वैशाख २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई वैशाख ३० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

दरखास्त दिन आगामी वैशाख २३ गतेसम्म पुरुष १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको र महिला १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: २४ चैत २०७९ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =