बजाज मोटरसाइकल नेपाल प्रवेशको २५ औँ वर्ष

हिमाल प्रेस २३ चैत २०७९ २०:५६
2
SHARE
बजाज मोटरसाइकल नेपाल प्रवेशको २५ औँ वर्ष

काठमाडौँ-  बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘लिडरसिपको २५ वर्ष : बजाज लिडर्स मिट-२०२३’ मनाएको छ।

कम्पनीले आफ्नो रजत जयन्तीका अवसरमा ‘लिडरसिपको २५ वर्ष : बजाज लिडर्स मिट-२०२३’ सम्पन्न गरेको हो। सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि  मोटरसाइकल बिक्री गर्दै आएको कम्पनीले २५ वर्षमा नेपालमा बाइकको अर्थ नै बजाज भनेर बझ्न थालिएको दाबी गरेको छ।

आठ लाखभन्दा बढी नेपाली ग्राहकको मन जित्न सफल बजाजका बाइक पछिल्लो समय नेपालमै एसेम्बल गरिन्छन्। हुलास अटो क्राफ्टले बजाज मोटरसाइकल एसेम्बल गर्दै आएको छ।

बजाजले नेपाली अटो उद्योगमा नयाँँ प्रविधि र डिजाइनयुक्त मोटरसाइकल भित्र्याएर नयाँ बेन्चमार्क स्थापित गरेको कम्पनीको दाबी छ। हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले बजाजको रजत उत्सव मनाउन पाउँदा खुसी लागेको बताए। ‘आफ्नो स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेका छौँ,’ उनले भने।

बजाजले नयाँँ वर्ष २०८० का अवसरमा नव वर्ष २०८० क्याम्पेन पनि सुरु गरेको छ। क्याम्पेनअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गर्ने २५ जना ग्राहकले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, १० हजार रुपैयाँसम्मको स्योर-सट क्यास डिस्काउन्ट र एक किलो चाँदी जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ चैत २०७९ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =