एसईईका विद्यार्थीलाई नेपाल टेलिकमकाे सिम निःशुल्क

हिमाल प्रेस २३ चैत २०७९ १९:३७
2
SHARE
एसईईका विद्यार्थीलाई नेपाल टेलिकमकाे सिम निःशुल्क

काठमाडौँ- नेपाल टेलिकमले एसईईका विद्यार्थीलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले एसईई दिएका विद्यार्थीहरूका लागि ‘एसईई २०७९ अफर’ सार्वजनिक गरेको हो।

अफरअन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज प्याक पनि उपलब्ध हुने कम्पनीले बताएको छ।

उक्त अफर शुक्रबार (चैत २४ गत) देखि लागू भई आगामी ३ महिनासम्म चल्नेछ। त्यसमा रहेको बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

एसईई दिएका विद्यार्थीले टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क पाउनेछन्। सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम भएमा सोही सिममा अफरहरू उपयोग गर्न सकिने व्यवस्था गरिएको पनि टेलिकमले जानकारी दिएको छ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ।

साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

नयाँ सिम लिनका लागि विद्यार्थीले एसईईको प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।

प्रकाशित: २३ चैत २०७९ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =