‘सत्तागठबन्धनका नेतासँग लाजसरम छैन, सभामुखलाई महाअभियोग लगाउन सक्छन्’

हिमाल प्रेस २३ चैत २०७९ १७:०९
36
SHARES
‘सत्तागठबन्धनका नेतासँग लाजसरम छैन, सभामुखलाई महाअभियोग लगाउन सक्छन्’

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध सत्ता गठबन्धनले महाअभियोगको प्रस्ताव ल्याउन सक्ने सम्भावना भएको बताएका छन्।

आज बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘धेरैपल्ट राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन खोजेका थिए तर पार लागेन। यिनीहरूले अहिलेको सभामुखविरुद्ध पनि महाभियोग ल्याउन बेर लगाउँदैनन्,’ उनले भने, ‘यिनीहरूसँग लाजसरम भन्ने केही छैन। यिनीहरूलाई के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन।’

स्थिरता चाहिन्छ भन्ने शक्ति एमालेबाहेक कोही नभएको उनको भनाइ छ। ‘बलियो शक्ति बनाउन नदिने छन्। हामीले शान्तिपूर्ण, विकासमुखी, जनपक्षीय समतामुलक देश बनाउने भनिरहेका छौँ,’ उनले भने।

उनले एमाले हुन नसके देशका निम्ति एक भोट एमालेको चिह्नमा हाल्न भने सक्नुपर्ने बताए।

प्रकाशित: २३ चैत २०७९ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =